अर्थ

नामको मात्र कृषि विकास बैंक !

२०७५ साउन २६ गते १५:५६

काठमाण्डु, २६ साउन – कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४–७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७४–७५ असारसम्म बैंकले चिया तथा कफी उत्पादनमा रु...

धितोपत्र बजारः कारोबार रकम अर्ब पनि पुगेन

२०७५ साउन २६ गते १५:४९

काठमाण्डु, २६ साउन – धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ । कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम भने रु ९१ करोड ८७...

लघुजलविद्युत् आयोजना धमाधम राष्ट्रिय प्रशारणमा

२०७५ साउन २६ गते १३:५८

काठमाण्डु, २६ साउन – नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन(ग्रीड)मा जोड्न स्वीकृति दिएपछि ग्रामीण क्षेत्रमा निर्माण भएका लघुजलविद्युत् आयोजनाहरु प्राधिकरणसँग विद्युत् खरीद सम्झौता भई धमाधम ग्रीडमा जोडिन थालेका छन् । प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय...

सुन चाँदीको आजको मूल्य

२०७५ साउन २५ गते १२:५५

काठमाण्डु, २५ साउन – शुक्रबार सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (बिहिबार) ५६ हजार एक सय रुपैयाँ थियो । आज तोलामा एक सय रुपैयाँले बढेको हो । तेजावी सुने ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ...

जनयुद्धकी कलाकार बनिन् सफल उद्यमी

२०७५ साउन २४ गते १६:२६

रोल्पा, २४ साउन – जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् । विसं २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि सांस्कृतिक परिवारका कलाकार पनि भूमिगत भए । तत्कालीन सरकारले खुला रुपमा सांस्कृतिक कार्यक्रम देखाउन प्रतिबन्ध...

शेयर बजारः सूचक घट्यो, कारोबार बढ्यो

२०७५ साउन २२ गते १६:२६

काठमाण्डु, २२ साउन – शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ ।...

हेटौँडा कपडा उद्योगको जग्गामा थपिए १३ नयाँ उद्योग

२०७५ साउन २२ गते १६:००

हेटौँडा, २२ साउन – हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती...

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

२०७५ साउन २२ गते १४:४२

काठमाण्डु, २२ साउन – विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयरको मूल्य करीब शून्य हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपनि ती कम्पनीका शेयर विगत लामो समयदेखि खरीद बिक्री भएको...

सामान्य अंकले घट्यो शेयर बजार

२०७५ साउन २१ गते १६:५७

काठमाण्डु, २१ साउन – शेयर बजारमा आज पनि सामान्य कमी आएको छ । आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ...

बीमा कम्पनीका शेयरः बजार घटे, शाख घटेन

२०७५ साउन २१ गते १५:१३

काठमाण्डु, २१ साउन – धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन्...

अब ४५ हजारमै कोरिया पुगिने !

२०७५ साउन २१ गते १४:३६

काठमाण्डु, २१ साउन – रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको छ । आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले...

सुन चाँदीको आजको मूल्य

२०७५ साउन २१ गते ११:२५

काठमाण्डु, २१ साउन – नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आइतबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us