दमौली, २४ फागुन – एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना निर्माणको जिम्मा पाएको सिएमसीलाई ठेक्का रद्द भएकाबारे जानकारी गराइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सिएमसीलाई फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिएकामा सिएमसीबाट कुनै आधिकारिक जवाफ...
काठमाण्डु, २३ फागुन – लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो ।...
एजेन्सी । अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचीमा परेकी २१ वर्षीय जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो...
काठमाण्डु, २२ फागुन – ग्यास व्यवसायीले (बुधबार) आज देखि ग्यास नियमित ढुवानी गर्ने भएका छन् । उद्योग, वाणिज्यमन्त्री मातृका यादवको उपस्थितिमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच मंगलबार सहमति भएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका हुन् । व्यवसायीहरु विभिन्न माग राख्दै गत शुक्रबारलेखि आन्दोलनमा...
कास्की, २२ फागुन – प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाइडिङ उडानमा अवरोध नहुने भएको छ । पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यवसायीहरुले एक साताभित्रै एकैपटक चार वर्षको कर बुझाउन...
काठमाण्डु, २१ फागुन– नेपाल राष्ट्र बैंकले ५० दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी...
काठमाण्डु, २१ फागुन – नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशङ्कर घिमिरे र बङ्गलादेशका राजश्व सचिव मुसरफ हुसेनले आज सो सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी २०७१ सालमै...
काठमाण्डु, २१ फागुन – सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ घटेर...
काठमाण्डु, २० फागाुन – नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन तथा उत्पादन सामग्रीको आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई...
जिरी, २० फागुन – निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु भएको छ । आयोजनाको लट २ अन्तर्गतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको हो । चार सय ५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय...
काठमाण्डु, १९ फागुन – साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले...
काठमाण्डु, १९ फागुन – पछिल्लो पाँच दिनमा सुनको भाउ एक हजार ३ सय रुपैयाँ घटेको छ । १४ फागुनमा प्रतितोला ६२ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आइतबार ६१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय...