सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७५ फागुन २१ गते ११:२१ मा प्रकाशित

काठमाण्डु, २१ फागुन – सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us