कोरियन भाषा परीक्षामा पास हुनेको सीप परीक्षण आउँदो भदौमा

२०७६ असार १९ गते १३:१०

  काठमाण्डु, १९ असार-कोरियन भाषा परीक्षा अन्तर्गत भाषा परीक्षामा पास भएकाहरुको सीप परीक्षण आउँदो भदौ ४ गतेदेखि १८ गतेसम्म हुने भएको छ । भाषा परीक्षामा पास भएका परीक्षार्थीले सीप परीक्षणका लागि असार २० गतेदेखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने ईपीएस कोरिया शाखाका सूचना अधिकारी...

९ महिने शिशुको बलात्कार

२०७६ असार १९ गते १३:०३

काठमाण्डु, १९ असार- नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका-२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो । बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम...

जुवाको खालबाट वडाध्यक्ष पक्राउ

२०७६ असार १९ गते १२:४६

काठमाण्डु, १९ असार-सुनसरी-इटहरी उपमहानगरपालिका-१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनीहरुलाई गएराति सुनसरीको दुहवी-१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिए । विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ...

अस्पतालले मृत घोषित गरेको युवक, अन्तिम संस्कार भइरहँदा जिवित भए

२०७६ असार १९ गते १२:३१

काठमाण्डु, १९ असार-उत्तरप्रदेशको राजधानीमा एक युवकलाई चिहानमा गाड्नका लागि पूरा तयारी भइसकेको थियो । चिहान खनिसकिएको थियो र शवलाई त्यहाँ राख्दै गर्दा परिवारका केही सदस्यले उनको शरीरमा हलचल देखे । अन्तिम संस्कारको प्रक्रिया तत्काल रोकेर उनलाई अस्पताल पुर्याइयो । अहिले त्यहाँ उनको उपचार भइरहेको...

दिल्लीमा नेपाली किशोरी बलात्कृत

२०७६ असार १९ गते १२:१७

  काठमाण्डु, १९ असार-भारतीय प्रहरी अधिकारीका छोराबाट दिल्लीमा एक नेपाली किशोरी बलात्कारको शिकार बनेकी छिन् । दिल्लीमा प्रहरीमा कार्यरत सहायक निरीक्षक दलवीर सिंहका छोरा पंकज सिंहले किशोरीमाथि बलात्कार गरेका छन् । डोटीको साविकको साहिल गाविस घर भएकी किशोरी सिंहको घरमा कार्यरत थिइन् । दुई...

नेपालीमा किन बढ्यो चिनियाँ भाषाको मोह ?

२०७६ असार १९ गते ११:४१

काठमाण्डु, १९ असार– काठमाण्डु उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन् । काठमाडौँको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ...

बर्दिबासमा डाँका आतंक, डाँका र गाउँलेबीच भिडन्त

२०७६ असार १९ गते ११:३८

महोत्तरी, १९ असार– महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गएराति बर्दिवास नगरपालिका–६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । बर्दिवास– ७ का रामसुनर महतो र बर्दिबास–६ का चन्देश्वर...

अवैध बाटोबाट लिविया पुगेका नेपाली युवाको हत्या

२०७६ असार १९ गते ११:३२

एजेन्सी– लिवियामा हवाई हमलामा परी एक नेपालीको ज्यान गएको छ । मृतक सन्तोष श्रेष्ठ भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । यद्यपि उनको नेपालस्थित ठेगाना खुलेको छैन । राजधानी त्रिपोली नजिकै रहेको आप्रवासी हिरासतमा भएको हवाई हमलामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो...

अब घरमै ट्याक्सी सेवा

२०७६ असार १९ गते ११:२८

  काठमाण्डु, १८ असार- उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा दिन सुरु गरेको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरू आबद्ध समाजले मोबाइल एप्स इजी ट्याक्सी नेपाल’मार्फत वैशाखदेखि सेवा परीक्षण गर्दै आएको छ । अब भने...

अब डन होइन, दीपक कमरेड भन्नुपर्छ !

२०७६ असार १९ गते ११:१७

काठमाण्डु, १९ असार– गुण्डागर्दीका नामोद नाइकले राजीव गुरुङ सत्तारुढ नकेपा प्रवेश गरेका छन् । गुरुङ हाल मनाङबाट गण्डकी प्रदेशका सांसदसमेत हुन् । नेकपाका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उनलाई पार्टी प्रवेश गराए । गुरुङले टीका र खादाले स्वागत गरे...

भारत गएका नेपाली युवालाई लिंग काटेर केटी बनाइएपछि…

२०७६ असार १९ गते ८:२१

कञ्चनपुर, १९ असार– भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आसमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल परिवारले ६ वर्षअघि छोरालाई बिदाई गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ । गाउँले अचम्मितत छन् । माल पहिले जस्तो...

प्रचण्ड र ओलीबीच रस्साकस्सी, भुस झैं भित्रभित्रै सल्कियो विवादको आगो

२०७६ असार १९ गते ६:५९

काठमाण्डु, १९ असार  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच रस्साकस्सी सुरु भएको छ । पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै प्रकाशित हुनसकेको छैन । प्रकाशन गर्ने अन्तिम तयारी पुगेको अवस्थामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us