काठमाण्डू, ३२ असार– एमाले नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।
लगत्तै उनी थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो ।