काठमाडौं- जुम्लामा शुक्रबार बिहान ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर ३६ मिनेटमा जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।
हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।