निर्वाचनबाट चयन हुने भयो रास्वपाको नयाँ समिति

काठमाण्डु टुडे २०८३ असार ९ गते १६:१० मा प्रकाशित

काठमाण्डू, ९ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा निर्वाचन हुने पक्का भएको छ । सभापति रवि लामिछानेले सहमतिबाट छान्दा आफूलाई मनपरेको साथीबाट अझ नजिकको छान्न नचाहेको स्पष्ट पार्दै स्वस्थ्य निर्वाचनमा जाने बताएका हुन ।

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र सुरु गर्दै सभापति लामिछानेले गुट उपगुट नबनाई स्वस्थ प्रतिस्पर्धामा जान निर्देशन दिएका हुन् ।

कुनै गुट उपगुट नबनाइ निर्वाचनमा जान निर्देशन दिँदै सभापति लामिछानेले फोनफोनमा नाम नपठाउन, गुट नबनाउन समेत आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us