काठमाण्डू, ९ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा बन्द सत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो ।
बन्द सत्रलाई अहिले सभापति लामिछानेले सम्बोधन गरिरहेका छन्। हिजो बिहान सुरु गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधि संख्याबारे निर्णय हुन नसकेपछि ढिलाइ भएको थियो ।
बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।