दाङ– एस्काभेटरले फालेको बालुवामा पुरिएर एक मजदुरको मृत्यु भएको छ ।
देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर मृत्यु भएको हो ।
गढवास्थित इलाका प्रहरी कार्यालयका अनुसार बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक अनिलकुमार थारुले बालुवा फालेका थिए ।
उक्त स्थानमा मजदूर नभएको ठानेर उनले बालु्वा फालेको बताइएको छ । थारुलाई नियन्त्रणमा लिएर अनुसन्धन अघि बढाइएको प्रहरीले जनाएको छ ।