काठमाण्डु– सशस्त्र प्रहरीले प्रक्ताको जिम्मेवारी डिआईजी नेत्रबहादुर कार्कीलाई दिएको छ ।
प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले शुक्रबारेखि कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।
यसअघि डिआईजी विष्णुप्रसाद भट्ट सशस्त्रको प्रवक्ता थिए ।
भट्टको केही दिनअघि महोत्तरीस्थित सशस्त्र प्रहरी बल नेपाल, नम्बर–२ छिन्नमस्ता बाहिनी प्रमुखका रुपमा सरुवा भएको थियो ।