निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव

काठमाण्डु टुडे २०८२ असोज ५ गते १८:०२ मा प्रकाशित

काठमाण्डू, ५ असोज– निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत् संशोधन गर्ने सम्भावना रहेको छ । निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा ४ को संशोधन गर्न लागिएको हो ।

जस अनुसार अब आयोगले चाहेको अवस्थामा मतदाता नामावली खोलाउने सक्ने छ भन्ने प्रावधान राखिने छ । विद्यमान ऐनमा चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ने व्यवस्था छ ।

यो व्यवस्थाअनुसार अब मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । १८ वर्ष उमेर पुगेका धेरै युवाहरुको नाम छुट्ने भएकाले अहिले पुन मतदाता नामावली संकलन गर्नु पर्ने दबाब थियो ।

त्यसका लागि सहजीकरण गर्नका लागि नामावली संकलन गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानमा संलग्न गराउने बारे पनि अहिले बहस सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us