प्रचण्ड पुत्री गंगाको घरमा आगजनी

काठमाण्डु टुडे २०८२ भदौ २४ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, २४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ ।

जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

युवाहरूले घरभित्रै रहेको बीवाईडी गाडीमा समेत आगजनी गरेर नष्ट गरेका छन् । सोमबार १९ जनाको मृत्यु र ४०० भन्दा बढी घाइते हुनेगरी प्रहरीले दमन गरेपछि युवाहरू मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us