काठमाण्डू, २३ साउन– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला प्रकाउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी विमानस्थल स्रोतले जानकारी दिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन् । उनी नेपालबाट भुटान जान लागेको अवस्थामा पक्राउ परेकी हुन् ।
शंकास्पद गतिविधि देखिएपछि उनीमाथि निगरानी बढाइएको थियो । उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाण्डूबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।