९० रुपैयाँभन्दा बढीमा सिमकार्ड बेच्नेलाई प्रहरीमा जानकारी गराउन आग्रह

काठमाण्डु टुडे २०८२ साउन २२ गते १७:५७ मा प्रकाशित

काठमाण्डू, २२ साउन– नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको बताएको छ । टेलिकमले सो विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने बताएको छ ।

टेलिकमले बिहीबार जारी गरेको एक सूचनामा कुनै पनि विक्री केन्द्र, पसल आदिले तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सबैमा आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us