निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधि कांग्रेसलाई स्वीकार्य छैनः महामन्त्री थापा

काठमाण्डु टुडे २०८२ साउन २२ गते १७:३९ मा प्रकाशित

काठमाण्डू, २२ साउन– संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि पार्टीलाई स्वीकार्य नभएको बताएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले कार्यविधि पार्टीलाई स्वीकार्य नरहेको तर्क गरेका छन । संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने थापाले बताएका छन ।

उनले भने, ‘भन्दा स्वमूल्याङ्कन भन्दै नियन्त्रण गर्न खोजिएको हो । त्यो नेपाली कांग्रेसलाई स्वीकार्य छैन ।’ निर्वाचन आयोगले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्ने र गराउने गर्ने विषय मान्य नहुने थापाले बताए ।

आयोगले तयार गर्न लागेको स्वमूल्याङ्कन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति रहेको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us