काठमाण्डू, २२ साउन– प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति असहमति प्रकट गरेको छ । संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने कांग्रेसले बताएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दलहरूले ठिकर बेठिक गरेको संविधानले नियमन गर्ने बताए । उनले भने, ‘दलहरूको मूल्यांकन त जनताले गर्छ नि ठिक र बेठिक भनेर ।
राष्ट्रिय मान्यता प्राप्त के हुने, समावेशिता सम्बनिध के पुग्यो के पुगेन भन्ने दलहरूका लागि अन्य विविध कानुनहरू छन् ।’ निर्वाचन आयोगको कुनै एक कर्मचारीले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्नेरगराउने गर्ने विषय मान्य नहुने शर्माले बताएका छन ।