
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनुपर्ने बताएका छन् ।
जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँगको वार्ताका क्रममा उनले दुवै देशलाई केही समय लड्न दिनु उचित हुने बताएका हुन् ।
युद्ध अन्त्यका लागि पुटिनलाई दबाब दिनुपर्ने मर्जको प्रस्तावको जवाफमा ट्रम्पले त्यस्तो बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ट्रम्पले रुस–युक्रेन युद्धलाई केटाकेटीको झगडासँग तुलना गरे ।
‘केटाकेटीले झगडा गर्दा उनीहरुलाई केही समय लड्न दिनुपर्छ’, ट्रम्पले भनेका छन्, ‘दुवैलाई कष्ट भएपछि मात्र झगडा मिलाउन सकिन्छ ।’
खेलमा समेत एकअर्काविरुद्ध लड्न दिएर मात्र रेफ्रीले छुट्याउने उनको भनाइ थियो ।