अमेरिकाको सान डिएगोमा बस्तीमा खस्यो जहाज

काठमाण्डु टुडे २०८२ जेठ ९ गते ६:३७ मा प्रकाशित

काठमाण्डू, ९ जेठ- अमेरिकाको सान डिएगोमा विमान दुर्घटना हुँदा कम्तिमा ३ जनाको  ज्यान गएको छ ।

दुर्घटनामा चर्चित अमेरिकी संगीतकर्मी डेभ शापिरोको पनि ज्यान गएको छ ।
बीबीसीका अनुसार स्थानीय समयअनुसार बिहीबार बिहान ४ बजेको समयमा आवासीय क्षेत्रमा विमान दुर्घटना भएको हो ।

विमान दुर्घटनामा परेका ८ जनाकोे भने ज्यान बचेको छ । अधिकारीहरुका अनुसार उनीहरुलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

बस्तीको बीचमा जहाज खस्दा १५ भन्दा बढी घर र दर्जनौं गाडीमा क्षति पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us