काठमाण्डु, २१ भदौ– पूर्वराजा ज्ञानेन्द्र शाहले नागार्जुनमा पूर्वपञ्चहरुसँग गोप्य भेटघाट गरेका छन् ।
उनले शनिबार प्रधानमन्त्री भइसकेका तीन पूर्वपञ्चसँग लञ्च बैठक गरेका हुन् । श्रोतका अुनसार बैठकमा पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द र तुलसी गिरी थिए ज्ञानेन्द्रले उनीहरुसँग करिब दुई घन्टा छलफल गरेका थिए ।
भेटमा राष्ट्रवादी शक्ति निर्माणका विषयमा कुराकानी भएको अनलाइन खबर डटकमले लेखेको छ । पछिल्लोपटक पूर्वराजा शाहले राजनीतिक भेटघाट बढाएका छन् । ज्ञानेन्द्र र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पछिल्लो समय बाक्लो भेटघाट हुने गरेको छ ।