प्रचण्ड र केपी ओलीबीच सिंहदरबारमा बाझाबाझ

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १४:४४ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बाझाबाझ भएको छ ।

prachanda-kp oli
संविधानका अन्तरवस्तुमा सहमति खोज्न शनिबार सिंहदरबारमा बसेको प्रमुख दलको बैठमा ओलीले प्रचण्डमाथि ‘राष्ट्रिय एकताविरोधी’ को आरोप लगाएपछि दुईबीच भनाभन भएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मधेसवादी र जनजाति दलतर्फ लक्षित गर्दै राष्ट्रिय एकताविरोधीसँग किन कार्यगत एकता गरेको भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए । त्यसपछि आक्रोशित भएका प्रचण्डले जवाफ फर्काए ।

‘हामी होइन तपाईं नै राष्ट्रिय एकतछाविरोधी’ हो । राष्ट्रिय एकताविरोधी भएको प्रमाणित गर्न बाह्रबुँदे समझदारीदेखि शान्ति सम्झौता, गणतन्त्र, पहिचान र संघीयतास्ता राजनीतिक परिवर्तन स्वीकार गर्न नसकेको भन्दै प्रचण्ड ओलीमाथि खनिए ।

‘राष्ट्रिय एकताविरोधी काम तपाईंबाटै भएको छ’, प्रचण्डले भने, ‘ १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता, गणतन्त्र, पहिचान र संघीयतास्ता राजनीतिक परिवर्तन स्वीकार गर्न सक्नुभएकै छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us