डकुमेण्ट कुनै जलेको छैन, घटनाको अनुसन्धान हुँदैछः खानेपानीमन्त्री यादव

काठमाण्डु टुडे २०८१ माघ २६ गते १५:०६ मा प्रकाशित

काठमाण्डू, २६ माघ– आज (शनिबार) बिहान सिंहदरबारभित्र खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ। शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो ।

बिहान अकस्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको सिंहदरबार प्रहरी गणले जनाएको छ । साथै मन्त्रालयमा रहेका केही कागजातहरू जलेको प्रहरी स्रोतले जानकारी दिएको छ । आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका गरीएको जानकारी दिएका छन ।

अहिले प्रहरीले अनुसन्धान जारी राखेको पनि उनले जानकारी दिए । शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको मन्त्री यादवले जानकारी दिए । पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको उनले बताए। प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने र दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरू, कार्पेट लगायतको क्षति भएको उनले जानकारी दिएका छन ।

अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति भएको पनि उनले जानकारी दिए । खानेपानी मन्त्रालयमा पुगेका उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने बताए ।

उनका अनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत् सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us