नेपालले गरेको निर्यातको आँकडा नक्कली होः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ माघ १७ गते १५:४१ मा प्रकाशित

काठमाण्डू, १७ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन ।

आज (बिहीबार) काठमाण्डूमा भएको चेम्बर एक्पोलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नेपालको निर्यातलाई वास्तविक निर्यात मान्न नसकिने बताएका छन ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो जुन व्यापारको आँकडा देखिएको छ, त्यो पनि सही सत्य होइन, त्यो नक्कली आँकडा हो, ‘हामीसँग जुन, जति उत्पादन छैन, त्यो पनि व्यापार देखिएको छ ।

अर्थात् हामी ल्याउँछौं, बेच्छौं, त्यो पनि छ ।’उनले आफैँले उत्पादन गरेका सामान बिक्री गर्न सके मात्रै त्यसलाई वास्तविक व्यापार मान्न सकिने उनको भनाइ छ । नेपालमा बचतकर्ताको संख्या निकै कम मात्रै भएको प्रधानमन्त्री ओलीले बताए ।

नखाएर बचाएको पैसालाई बचत बन्न नसकिने भन्दै उनले त्यो जतन गरेर राखेको पैसा मात्रै भएको बताए । हामीले खोजेको अवस्था नखाएर बचाउने नभएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us