सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाण्डु टुडे २०८१ माघ १७ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, १७ माघ– प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी रहको एक नेताले जानकारी दिएका छन ।

शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरू एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरू र अध्यादेशको बारेमा विरोध गर्नेबारे छलफल हुने र सांसदहरूलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरू रहेका ति नेताले जानकारी दिएका छन ।

यसअघि नै आज नै विपक्षी दलहरूको बैठक समेत बसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us