सामाजिक सञ्जाललाई मर्यादित बनाउन सरकारले सामाजिक सञ्जाल विधेयक ल्याएको होः एमाले

काठमाण्डु टुडे २०८१ माघ १७ गते १४:४१ मा प्रकाशित

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाललाई मर्यादित बनाउन सामाजिक सञ्जाल विधेयक ल्याएको दाबी गरेका छन ।

आज (बिहिबार) प्रेस चौतारी ललितपुरको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै एमाले कार्यवहाक महासचिव समेत रहेका ज्ञवालीले यस्तो बताएका हुन ।

उनले एमाले सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको दाबी गर्दै विधेयकप्रति उठेका सवालमा संवेदनशील रहेको बताए । उपमहासचिव ज्ञवालीले भने, ‘सरकारले राष्ट्रिय सामाजिक सञ्जाललाई नियमन गर्न विधेयक पेस गरेको छ। यो विधेयक हो, सार्वभौम संसदमा आएको छ, ‘पर्याप्त छलफलपछि ऐनको रूप लिनेछ ।

विधेयक पेस गर्दैमा वायसको धारणा बनाउनुपर्ने जरुरी छैन ।’ विधेयकमा कहाँकहाँ संशोधन गर्नुपर्ने हो एमाले तयार रहेको पनि उनले बताएका छन । उनले थपे, ‘हिजो एउटा दल थियो,जसको पालामा प्लेटफर्म नै बन्द भयो।

टिकटक बन्द गर्ने दलले अहिले त्यस्ता प्लेटफर्म दर्ता गरौँ र नियमसम्मत ल्याऔँ भन्दा तानाशाहीको आरोप लाउँछ ।’ यस्तो खालको डबल स्ट्यान्डर्ड स्वीकार्य नहुने उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us