काठमाण्डू, १७ माघ– कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । हिजो (बुधबार) साँझ गौरीगंगा नगरपालिका–२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा फेला परेका थिए ।
मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल पुराइएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बोहराले जानकारी दिएका छन ।