ओखलढुंगामा टाटा सुमो दुर्घटना, आमा–छोरासहित तीनको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ १७ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, १७ माघ– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना हुदाँ आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ ।

बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाण्डूतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिएका छन ।

छोरा सुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाण्डू जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us