एमाले विदुर नगर कमिटीको अधिवेशन माघ २९ र ३० गते हुने

काठमाण्डु टुडे २०८१ माघ १७ गते १२:५८ मा प्रकाशित

नुवाकोट, १७ माघ–  नेकपा एमाले विदुर नगर कमिटीको दोस्रो अधिवेशन माघ २९ र ३० गते हुने भएको छ । एमाले विदुर नगर कमिटिको हिजो मंगलबार बसेको पूर्ण बैठकले यही माघ २९ र ३० गते अधिबेशन गर्ने निर्णय भएको कमिटीका अध्यक्ष अनुज कुमार श्रेष्ठले जानकारी दिए ।

हिजो बसेको नगर कमिटीको बैठकले दोस्रो नगर अधिवेशनको लागि यही माघ २२ गते १३ वटै वडामा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय समेत गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकले अधिवेशनलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न ५ वटा उप समिति गठन गरेको छ। अध्यक्ष श्रेष्ठ प्रमुख रहने गरि प्रचारप्रसार उप समिति, सचिव उपेन्द्र रिमाल प्रमुख रहेको प्रतिनिधि व्यवस्थापन उपसमिति, खाना खाजाको व्यवस्थापनको लागि उपसचिव भक्त बहादुर अधिकारी प्रमुख र अतिथिहरुको स्वागतार्थ नगर कमिटी सदस्य ज्ञानु थापा प्रमुख रहको तीन सदस्यीय अतिथ सत्कार उपसमिति गठन गरिएको छ।

नगर कमिटीका आर्थिक विभाग प्रमुख डिल्ली प्रसाद गजुरेल प्रमुख रहने गरि आर्थिक उपसमिति र स्वयंसेवक व्यवस्थापनको लागि नगर कमिटी सदस्य नवीन चित्रकार प्रमुख रहने गरि पाँच सदस्यीय स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ । अधिवेशनलाई भव्यता पूर्वक सम्पन्न गर्न अध्यक्ष श्रेष्ठले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरु र आम जनसमुदायमा अपिल समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us