विपक्षी दलहरुले भनेः अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिड्न खोज्दै छ

काठमाण्डु टुडे २०८१ माघ १७ गते १२:५४ मा प्रकाशित

काठमाण्डू, १७ माघ– सरकारले ल्याएका अध्यादेश प्रतिपक्षी दलहरुले अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको जिकिर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

प्रमुख सचेतक पाण्डेले भने, ‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ, सँगसँगै एउटा अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन त सरकारले अध्यादेशमा छिटो गर्ने भनेको छ, तर त्यो त संसदको अर्थ समितिमा छलफलमै छ । त्यहाँबाट छलफल गरेर पारित गर्दा झन् छिटो हुन्थ्यो ।

सरकारले त्यसलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ ।’ ‘विधि, प्रक्रियाको हिसावले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो । त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ ।’

शुक्रबारबाट सञ्चालन हुने संसद अधिवेशनमा अध्यादेशसहित जनसरोकारका विषयहरु एकमत भएर उठाउने उनले बताए । अध्यादेश ल्याउनुमा सरकारको गलत मनसाय रहेको जिकिर गर्दै उनले आवश्यक परेर सरकारविरुद्ध सडक आन्दोलन ग

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us