अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

काठमाण्डु टुडे २०८१ माघ १६ गते १८:३० मा प्रकाशित

काठमाण्डू, १६ माघ– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् ।

उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत प्रप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।

 थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो अध्यक्षका अर्का उम्मेदवार विजयप्रकाश सापकोटा पक्षधरका हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us