काठमाण्डू, १६ माघ– समाजवादी मोर्चाले आगामी २४ माघ २४ गते संघिय राजधानी काठमाण्डूमा विशाल विरोधसभा आयोजना गर्ने निर्णय गरेको छ ।
आज (बुधबार) नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन ।
उनले भने, ‘माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ ।’ त्यस्तै, चैतको पहिलो हप्तासम्मा मधेशमा जनसभा आयोजना गर्ने निर्णय भएको पनि उनले जानकारी दिएका छन ।