काठमाण्डू, १६ माघ– प्रहरीले काठमाण्डूको डिल्लीबजार कारागारबाट भागेका कैदीलाई १४ वर्षपछि पक्राउ गरेको छ । फरार कैदी पेशलराज बुढाथोकीलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन ।
उनी ०६७ सालको साउनमा कारागारबाटै भागेका हुन् । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको थियो ।