मुकुम्लुङको समस्या वार्ताबाट हल गर्नुपर्छः योगेश भट्टराई

काठमाण्डु टुडे २०८१ माघ १६ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, १६ माघ– एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको मुकुम्लुङमा उत्पन्न समस्या वार्ताबाट हल गरिनुपर्ने बताएका छन । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले आज पत्रकार सम्मेलन गरी वार्ताको माध्यमबाट समस्या हल गरिनुपर्ने बताएका हुन ।

एमाले सचिव भट्टराईले भनेका छन, ‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ, ‘परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सदभाव भडकिने खालका गतिविधिले कसैको हित गर्दैन ।’

वार्तामा बस्न आन्दोलन फिर्ता लिन र गिरफ्तार भएकाहरुको रिहा गर्न उनले माग समेत गरेका छन । उनले भनेका छन, ‘यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफतार भएका व्यक्तिहरु रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गर्दै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।’

पाथीभरा क्षेत्रमा केवलकार निर्माण सुरु भएपछि त्यसको विरोधमा गत १२ माघमा प्रदर्शनका भएको थियो । ‘नो केवलकार’ अभियान्ताहरुको आन्दोलनमा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका छन् । सांसद भट्टराईले केवलकार निर्माण हुँदा त्यहाँको धार्मिक पक्षलाई ध्यान दिइने र दिनुपर्ने जोड दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us