रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्ः रास्वपा केन्द्रीय सदस्य संग्रौला

काठमाण्डु टुडे २०८१ माघ १६ गते १४:५८ मा प्रकाशित

काठमाण्डू, १६ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएको बताएकी छन ।

केन्द्रीय सदस्य संग्रौलाले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) लेखेका छन्, ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गएँ भने भोलि नाकमुख देखाउन गार्हो होला महोदय ।’

उनले अगाडि लेखेकी छन्, ‘मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धाधन्दा गरेको छैन। सकेसम्म राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ भन्ने सोच हो ।

आज पनि म पार्टीभित्र यसकारण छु कि त्यहाँ रबि दाइ हुनुहुन्छ अनि अरु केही राम्रा साथीहरू। मेरो एउटा सामान्य लेखाइको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन् ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us