अमेरिका पठाउने भन्दै १ करोड लिएर फरार युवक पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १६ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, १६ माघ– प्रहरीले अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ हाल काठमाण्डूको टोखा बस्ने २५ वर्षीय भुवन कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

कार्कीलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलवमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डू पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us