काठमाण्डू, १५ माघ– नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ परेका एमाले
काठमाण्डू जिल्ला सदस्य पूर्णमान लामा जेल चलान भएका छन् ।
मंगलबार कामाण्डु जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
न्यायाधीश रेशराज शर्माको इजलासले लामालाई थुनामा पठाउन आदेश गरेको थियो ।
शंखरापुर नगरपालिका–१ का स्थायी बासिन्दा लामालाई बौद्ध प्रहरीले आफैं अध्यक्ष रहेको विद्यालयकी छात्रा बलात्कार गरेको आरोपमा गत महिना पक्राउ गरेको थियो ।
एमालेले असमामाजिक क्रियाकलापमा संलग्न भएका लामाका कारण पार्टीको मर्यालामा आँच आएको भन्दै यसअघि नै निलम्बन गरिसकेको छ ।