‘सरकार निरङ्कुश भयो’: प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ १५ गते १७:५१ मा प्रकाशित

काठमाण्डू, १५ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासम्बद्ध चार दलहरूका बीचमा पार्टी एकता हुनुपर्ने आवश्यक रहेको बताएका छन ।

आज (मंगलबार) समाजवादी मोर्चाद्वारा आयोजित विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले भने, ‘साथीहरूलाई एकताको विरोधीचाहिँ प्रचण्ड नै हो कि भन्ने पनि लाग्नसक्छ। तर, त्यो सत्य होइन ।

म एकताकै पक्षमा हो। समाजवादी मोर्चामा चार दल छौँ। हामीबीच एकता हुनुपर्छ, यो आवश्यकता छ ।’ तर, एकताका लागि विचार र राजनीतिक मुद्दाहरूमा एउटा हदसम्म सहमति हुनुपर्ने बताएका छन ।

साथै अध्यक्ष प्रचण्डले सरकार निरङ्कुश तरिकाले अगाडि बढिरहेको आरोप पनि लगाए।अध्यादेशहरू पनि उसैगरी ल्याइरहेको पनि उनले बताएका छन । अध्यक्ष प्रचण्डले भने, ‘संसद् पनि हामीले विशेष अधिवेशन आह्वान गर्छौँ भनेपछि मात्रै बोलाइयो, अध्यादेशहरू स्वेच्छाचारी ढङ्गले ल्याइएका छन् ।

यो पनि प्रतिगमनकै खतरा हो ।’ सरकारले आफ्नालाई बचाउने र अरुमाथि मात्रै राजनीतिक प्रतिशोध साँध्ने काम गरेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us