काठमाण्डू, १५ माघ– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई दलालहरूको हातमा राखेर चुप लागेर नबस्ने बताएका छन । आज मंगलबार समाजवादी मोर्चाले काठमाण्डूमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन ।
उनले भने, ‘देशलाई दलालहरूको हातमा राखेर चुप लागेर बस्दैनौँ, देशलाई विदेशीहरूको हातमा राखेर चुप लागेर बस्दैनौँ। नेपाल नेपालीहरूको बन्नुपर्छ ।’
समाजवादी मोर्चाका संयोजकसमेत रहेका चन्दले मोर्चाले जनपक्षीय काम गर्दै अगाडि बढ्ने बताए। दलहरूका बीचमा त्यसका निम्ति संवाद भइरहेको पनि बताएका छन ।