भीम रावलको पक्षमा लागेको आरोपमा पूर्वमन्त्रीसहित दुई नेता एमालेबाट निष्काशित

काठमाण्डु टुडे २०८१ माघ ६ गते ९:५५ मा प्रकाशित

काठमाण्डुू, ६ माघ– एमालेले थप एक पूर्वमन्त्री र जिल्ला नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र कैलाली जिल्ला सदस्य भिष्मराज सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

शनिबार बसेको कैलाली जिल्ला सचिवालय बैठकले सुवेदीद्वयलाई गरेको जिल्ला कमिटी उपसचिव चुडामणि भट्टले जानकारी दिए । उनीहरु बाबुछोरा हुन् ।

भट्टका अनुसार उनीहरु एमाले सचिवालयले निष्काशन गरेका पूर्वपाध्यक्ष भीम रावल पक्षमा लागेको पाइएकाले कारबाही गरिएको बताए । सुवेदीद्वय रावलले सञ्चालन गरेको ‘मातृभूमि जागरण अभियान’ मा सक्रिय भएको भट्टले जानकारी दिए ।

पार्टी कार्यालय बनाउन विवादित व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिएकामा विमति राखेको आरोपमा रावललाई एमालेले गत महिना पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us