स्याङ्जा, ५ माघ– स्याङ्जाको आँधीखोला गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ग१क ५१३९ नम्बरको ट्रक शुक्रबार राति ११ बजे सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा टिपरमा सवार पर्वतको कुश्मा नगरपालिका–१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको पोखरास्थित गण्डकी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।
दुर्घटनामा अरु चार जना घाइते छन् । घाइते सबैको गण्डकी अस्पतालमै मृत्यु भइरहेको छ ।