मौसम खराब छ, सतर्कता अपनाउनुस्ः विभाग

काठमाण्डु टुडे २०८१ माघ ५ गते ८:४० मा प्रकाशित

काठमाण्डू, ५ माघ– पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोसी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us