माधव नेपालको प्रश्नः संविधान संशोधन गर्न ओलीलाई ०८७ सालसम्म सरकारमा टिकाइदिनुपर्ने ?

काठमाण्डु टुडे २०८१ माघ ४ गते १६:४६ मा प्रकाशित

काठमाण्डू, ४ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् ।

शुक्रबार विपक्षी दलहरूको पत्रकार सम्मेलनपछि बोल्दै अध्यक्ष नेपालले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको आरोप लगाए ।
‘यो सरकारले जनअपेक्षा पूरा गर्न सकेको छैन, जनतालाई सुशासन दिन सकेको छैन । रोजगारी प्रवर्द्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन । समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । त्यसैले यो सरकार असफल छ,’ नेपालले भने ।

सरकारको काम र क्रियाकलाप सन्तोषजनक नभएको पनि उनले बताए । ‘सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ । संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको छ । अब संविधान संशोधन गर्न २०८७ सम्म कुर्नुपर्ने ? यो सरकारलाई ०८७ सम्म टिकाइराख्नुपर्‍यो ? उनले प्रश्न गरे ।
न्यूज एजेन्सीको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us