दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १६:३७ मा प्रकाशित

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन । राष्ट्रपति योलविले सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका हुन ।

प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

शुक्रबार बिहानै अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी रहेको बताइएको छ । मंगलबार स्थानीय समयअनुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू गरिएको बताएका थिए ।

उनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गरेका थिए । राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो ।

यद्यपि, राष्ट्रपतिकै पार्टीका नेताहरुले पनि यो कदमको विरोध गरेका थिए भने विपक्षी दलका सांसद्हरुले संसद् भवनमा बाहिर उपस्थित भएर प्रदर्शन गरेका थिए । लगत्तै देशभर राष्ट्रपतिको विरोधमा प्रदर्शन भएको थियो । व्यापक दबाबबीच बुधबार बिहान उनले सैन्य शासन लागू गर्ने प्रस्ताव फिर्ता लिनु परेको थियो ।

यद्यपि, असंवैधानिक चदम चाल्ने राष्ट्रपतिविरुद्ध कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन जारी छ । विपक्षी दल डीपीकेका प्रवक्ताले भनेका छन्, ‘हामी चाँडै रक्षामन्त्री र आन्तरिक मामिलामन्त्रीविरुद्ध पनि उजुरी दर्ता गर्दैछौं ।’

द कोरिया टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेअनुसार, रक्षामन्त्रीले उनलाई सैन्य शासन लागू गर्न सुझाव दिइएको बताइन्छ । आन्तरिक मामिला मन्त्रीले प्रहरी परिचालनमा सहयोग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us