पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा याँहा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादीकी नरपुरा बुढाले १०७६ मतका साथ अग्रता लिएकी छन् । कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले ७०० मत प्रप्त गरेकी छन ।

यो पालिकामा एमाले–कांग्रेसको गठबन्धन छ ।  यसअघि माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको बागलुङ दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यो पालिकाको वडानम्बर २ मा भने माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us