आफ्नै काकालाई भतिजले वडाअध्यक्षमा हराए

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ११:३८ मा प्रकाशित

कञ्चनपुर, १७ मंसिर- कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को अध्यक्षमा कांग्रेस विजयी भएको छ ।
काँग्रेसका प्रकाश चन्द १ हजार १ सय ७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४ सय ८७ मत मात्रै ल्याए । यस्तै राप्रपाका सुशीलकुमार भट्टले ३ सय ६९, एकीकृत समाजवादीका जितेन्द्र चन्दले २ सय २५ र रास्वपाका रामदत्त भट्टले २ सय १८ मत ल्याए । वडाअध्यक्ष विजेता चन्द पराजित चन्दका सहोदर भतिजा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us