डोल्पा, १७ मंसिर- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ को वडाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन् ।
झाँक्री १ सय ६१ मतसहित वडाध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ पाए । कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याए ।
२०७९ को स्थानीय निर्वाचनबाट उक्त वडामा एमालेले जितेको थियो ।
एमालेका नन्दलाल रोका १ सय ८ मत ल्याएर निर्वाचित हुँदा माओवादी केन्द्रका जंगबहादुर रोकायाले १ सय मत ल्याएका थिए ।