रौतहट, १७ मंसिर । रौतहटको राजपुर नगरपालिका–६ को अध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।
काँग्रेसका समसे आलम ७ सय ४४ मतसहित निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका जिकरु लाहले ४ सय ६३ मत पाए ।
यस्तै एमालेका मोहम्मद नसिम अख्तरले ४ सय ३१ मत प्राप्त गरे । ०७९ को अघिल्लो निर्वाचनमा उक्त वडामा कांग्रेसका शेख मोजरे आलम निर्वाचित भएका थिए ।