ताप्लेजुङ , १७ मंसिर- ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ को वडाअध्यक्षमा एमाले विजयी भएको छ ।एमाले उम्मेदवार कुमारी सावादेन ३ सय ५३ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २ सय ५१ मत र कांग्रेसका भीम लक्सम्बाले २ सय १८ मत पाए । यस्तै लिम्बुवान पार्टीका राजेन्द्र लिम्बूले ५४ र रास्वपाका देवीप्रसाद पौडेलले ७ मत पाएका छन् ।
उक्त वडामा यसअघि ०७९ मा कांग्रेसका दीलप्रसाद वोखिम निर्वाचित भएका थिए । अहिले वडाअध्यक्ष निर्वाचित एमालेकी कुमारी सावादेन ४ मतले मात्र पराजित भएकी थिइन् ।