गुल्मी, १७ मंसिर- गुल्मीको मुसिकोट नगरपालिका–१ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम नप्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे । यस्तै माओवादी केन्द्रका दुर्गाबहादुर विकले १ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४४ र राप्रपाका ईश्वरी खाती क्षत्रीले ५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
०७९ मा काँग्रेसबाट वडाध्यक्ष निर्वाचित मोहन घिमिरे २ भदौ २०८० मा मृत फेला परेका थिए ।