काठमाण्डु –१६ मा रास्वपाको अग्रता

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २३:५७ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर- काठमाण्डु महानगरपालिका वडा नम्बर–१६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।
प्रारम्भिक मतगणनाको परिणामअनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनी ४ सय ९३ मतसहित अगाडि छिन् ।
एमालेका उम्मेदवार लक्ष्मीरत्नम तुलाधरले ३ सय ८४ मतसहित श्रेष्ठलाई पछ्याई रहेका छन् । कांग्रेसका देवेन्द्र पाठकले ३ सय ६९ र एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले २ सय मत प्राप्त गरेका छन् ।

०७९ को निर्वाचनमा उक्त वडामा काँग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us