झापाको कन्काई नगरपालिका-६ एमालेबाट स्वतन्त्रले खोसे

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २३:४८ मा प्रकाशित

झापा, १६ मंसिर- झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत ल्याए ।
यस्तै कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ०७९ मा उक्त वडाको अध्यक्षमा एमालेका दीर्घबहादुर थापा निर्वाचित भएका थिए ।
अहिले वडाअध्यक्षमा निर्वाचित ओलीले त्यतिबेला ४ सय ४० मत प्राप्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us